मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आइडल-३ की विजेता

काठमाडौं, भदौ १२
नेपालको चर्चित सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राति भएको ग्रान्ड फिनालेबाट मोरङकी सज्जा नेपाल आइडल घोषित भएकी हुन् । फाइनल चरणको प्रतिस्पर्धाका लागि दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता भएकी हुन् । विजेता बनेसँगै सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन् ।

यता, सज्जा च्याम्पियन बन्दा प्रवीण बेडवाल फस्र्ट रनर अप भए । उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाए । सेकेन्ड रनर अप भएका किरणकुमार भुजेलले ५ लाख पुरस्कार पाए । यो नेपाल आइडलको तेस्रो संस्करण हो ।

प्रकाशित मिति १२ भाद्र २०७७, शुक्रबार १६:५५
Loading...