‘मेस्सीले बालोन डिओर जित्छन् भने उनीभन्दा पहिला भान डाइकले जित्छन्’

एजेन्सी, भदौ १
नेदरल्यान्ड्सको राष्ट्रिय टिमका प्रशिक्षक रोनाल्डा कोएमानले वर्ष २०१९ को बालोन डिओर आफ्ना खेलाडी भर्जिल भान डाइकले जित्नेमा कुनै शंका नरहेको बताएका छन् । हाल एक अन्तर्वार्तामा बोल्दै उनले भान डाइकजत्तिको योग्य खेलाडी यसपटक कोही नभएको बताए ।

कोएमानका अनुसार भान डाइकरले राष्ट्रिय टिममा गरेको प्रदर्शन र क्लबका लागि गरेको प्रदर्शन उपाधि जिताउन काफी रहेको बताए । ‘मानिस मेस्सीको कुरा गरिरहेका छन्, रोनाल्डोको कुरा गरिरहेका छन् । तर, यसपकट त्यस्तो हुँदैन । यो अवार्ड भान डाइकले जित्न गइरहेका छन्,’ कोएमानले भने ।

उनले रोनाल्डो र मेस्सीबारे पनि धारणा राखे । ‘मेस्सी र रोनाल्डो दुवैका लागि गत सिजन राम्रो रह्यो । यो उमेरमा पनि उनीहरूले जसरी खेलिरहेका छन्, त्यो एकदमै उच्च छ,’ कोएमानले भने, ‘तर, उनीहरूको प्रदर्शन र योगदान भान डाइकको जत्तिको छैन ।’

कोएमानले यदि मेस्सीले यसपटक बालोन डिओर जित्छन् भने त्यसभन्दा अघि भान डाइकले जित्ने बताए । ‘मेरो विचारमा यदि यसपटक मेस्सीले बालोन डिओर जित्दैछन् भने उनीभन्दा पहिला भान डाइकले जित्नेछन्, यसमा दुईमत छैन,’ कोएमानले थपे ।

प्रकाशित मिति १ भाद्र २०७६, आईतवार ०३:०९
Loading...