मध्यरातमा भित्र बैठक चलिरहँदा बाहिर फ्यानहरूको नारा–जुलुस : हेरौं आठ तस्बिरमा

एजेन्सी, भदौ १०
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले अघिल्लो दिन (मंगलबार) अप्रत्यासित रूपमा क्लब छाड्ने निर्णय गर्र्दै क्लबलाई जानकारी पठाए । यो खबर ब्रेक भएपछि विश्व फुटबल जगत एकाएक तरंगित भयो । मेस्सीले २० वर्षदेखि रहँदै आएको क्लब छाड्ने निर्णय खबर छिनभरमै फैलियो ।

मेस्सीले ‘ब्युरोफ्याक्स’मार्फत् क्लब छाड्न चाहेको कुरा क्लबलाई जानकारी गराएपछि बार्सिलोनाको बोर्डको आकस्मिक बैठक रातको समयमा डाकियो । बार्सिलोनाको कार्यालयमा बोर्डको आकस्मिक बैठक चलिरहँदा बाहिर मिडियाको घुइँचो थियो । साथै, फ्यानहरूको उपस्थिति एकैछिनमा बाक्लियो । भिड बढेपछि स्थानीय प्रहरीले भिड हटाउन सुरक्षाकर्मी नै परिचालन गर्नु परेको थियो ।

त्यत्ति मात्रै हैन, मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि क्लबका सञ्चालकसँग क्रुद्ध बनेका फ्यानहरूले भित्र बैठक चलिरहँदा बाहिर नारीबाजी चर्काए । मेस्सीलाई क्लबमै राख्न माग गर्दै क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउको राजीनामा मागियो । मेस्सीको जर्सी लगाएका सयौं फ्यान कोरोनाको त्रासबीच पनि बार्सिलोनाको कार्यालय बाहिर पुगेर धर्नामा उत्रिए ।

मेस्सीले क्लब छाड्ने निर्णय लिनुका पछि क्लब सञ्चालक नै मुख्य कारण रहेको बताउँदै फ्यानहरूले अध्यक्ष बार्टोमेउविरुद्ध चर्को नाराबाजी गरे । उनीहरूले ‘वि वान्ट मेस्सी’, ‘बार्टोमेउट आउट’ भन्दै नारा–जुलस गरेका थिए । कार्यालयभित्र मेस्सीको निर्णयमाथि बोर्डको बैठक जारी रहँदा बाहिर मेस्सीको पक्षमा र क्लब अध्यक्षको विरुद्धमा नाराबाजी जारी थियो ।

त्यसबेलाका विभिन्न भिडियो फुटेज र तस्बिरहरू अहिले सामाजिक सन्जालहरूमा भाइरल बनिरहेका छन । मेस्सीलाई कुनै पनि हालतमा बार्सिलोनामा राख्न माग गर्दै फ्यानहरूले जर्सी, ब्यानरसहित प्रदर्शन गरिरहेका छन् । फ्यानले सामाजिक सन्जालमा ट्रेन्डिङ नै चलाइरहेका छन् भने बार्सिलोना सहरको ठाउँ–ठाउँमा मेस्सीको पक्षमा ब्यान र पोस्टरहरू टाँगेका छन् ।

हेरौं केही तस्बिहरू :

 

 

 

 

 

 

 

प्रकाशित मिति १० भाद्र २०७७, बुधबार १५:४६
Loading...