के तपाईंलाई करेला मन पर्दैन ? यो पढेपछि करेला खान थाल्नुहुन्छ

सामायतः कतिपय मानिसलाई करेला मन पर्दैन । तितो हुने हुँदा यो सबैको रोजाइमा पर्दैन । त्यसो त कतिपयले करेला रुचिपूर्वक खान्छन् । हामीकहाँ करेला तरकारी साथै अचारका रूपमा पनि प्रयोग हुँदै आएको छ ।

करेलामा भिटामिन ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘सी’, फाइबर, क्याल्सियम, पोटासियम, जिंक, फलाम, कपर तथा फोस्फोरस हुन्छ । यसले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । करेलाका केही फाइदा यसप्रकार छन् :

– दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ ।

– पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोगप्रतिरोधी क्षमता बढ्छ ।

– ताजा करेला दम, रुघा–खोकीजस्ता श्वासप्रश्वासको समस्या कम गर्न प्रभावकार हुन्छ ।

– यसमा भएका फाइबरहरूले खाना पचाउन मद्दत गर्छन्, जसले गर्दा कब्जियतको समस्या पनि हट्छ ।

– करेलाले मिर्गौलाको पथरी हटाउन पनि सहयोग गर्छ ।

– करेला खानाले क्यान्सरका कोष वृद्धि हुनबाट जोगाउँछ ।

– करेलाको सेवनले डन्डीफोर, दागलगायत छालाको संक्रमण हटाउनुका साथै रगतलाई फाइदा गर्छ ।

– करेलाको रसमा एक कप दही मिसाएर लगाउनुस् र केही समयपछि धुनुहोस् । यसले कपालमा प्राकृतिक चमक आउँछ ।

– करेलाको जुसले कपाल झर्ने समस्या हटाउँछ । र, करेलाको जुसमा चिनी मिसाएर लगाउँदा कपाल झर्ने समस्या कम हुन्छ ।

 

प्रकाशित मिति १० भाद्र २०७७, बुधबार ०८:०९
Loading...