सिजनको पहिलो खेल बार्सिलोनाले मेस्सीबिनै खेल्ने पक्का

एजेन्सी, साउन ३१
स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग ला लिगाअन्तर्गत नयाँ सिजनको पहिलो खेल कप्तान तथा सुपरस्टार लिओनल मेस्सीबिनै खेल्ने पक्का भएको छ । बार्सिलोनाले ला लिगाको उद्घाटन खेलमा आज राति एथ्लेटिको बिल्बाओसँग खेल्दैछ ।

अवे मैदानमा खेल्ने सो खेल बार्सिलोनाले आफ्ना कप्तानबिनै खेल्ने पक्का भएको हो । प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले गत राति सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कप्तान मेस्सीलाई राखिएको छैन ।

मेस्सी अन्तर्राष्ट्रिय बिदा मनाएर क्लब फर्किएपछिको पहिलो दिनको प्रशिक्षणमै चोट बोकेका थिए । त्यसयता उनी उपचार र आराम गरिरहेका थिए ।

मेस्सी पूर्ण रूपमा फिट भइनसकेकाले प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले उनलाई टोलीमा नराखेका हुन् । खेलअघि पत्रकार सम्मेलनमा बोल्दै भाल्भर्डेले मेस्सी पूर्ण रूपमा फिट नहुँदासम्म आफूले कुर्ने बताए ।

यस्तो छ बार्सिलोनाको सुरुआती टोली :

प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार ०३:४९
Loading...