मेस्सीले ला लिगाको पहिलो खेल खेल्ने सम्भावना कति ?

एजेन्सी, साउन ३०
स्पेनिस ला लिगामा भोलि (शुक्रबार) रातिबाट नयाँ सिजन सुरु हुँदैछ । नयाँ सिजनको पहिलो खेल साबिक विजेता बार्सिलोना र एथ्लेटिको क्लब भिड्दैछन् । यो खेलका लागि बार्सिलोना अवे मैदानमा उत्रिँदैछ ।

यतिबेला बार्सिलोनाका कप्तान लिओनल मेस्सीले सिजनको उद्घाटन र क्लबको पनि पहिलो खेल खेल्लान् कि नखेल्लान् भन्नेमा सबैको चासो छ । खेलको एकदिन अघिसम्म पनि यसबारे टुंगो लागेको छैन ।

बिहीबारसम्म पनि मेस्सी टिमसँग प्रशिक्षणमा नदेखिएपछि उनले पहिलो खेल गुमाउने करिब पक्काजस्तै भएको छ । यो समाचार बनाउँदासम्म बार्सिलोनाले पहिलो खेलका लागि खेलाडीको प्रारम्भिक सूची सार्वजनिक गरेको छैन ।

मेस्सीको अनुपस्थितिमा बार्सिलोनाको आक्रमण लाइनमा लुइस स्वारेज, एन्टोनी ग्रीजम्यान र उसामान डेम्बेले रहनेछन् ।

प्रकाशित मिति ३० श्रावण २०७६, बिहीबार १४:३५
Loading...