युभेन्टसका खेलाडीले नयाँ प्रशिक्षकसँग प्रशिक्षण थाले : हेरौं १० तस्बिर

एजेन्सी, भदौ ९
इटालियन क्लब युभेन्टसका खेलाडीले नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोको नेतृत्वमा प्रशिक्षण सुरुआत गरेका छन् । उनीहरूले अघिल्लो दिन (सोमबार) बाटै प्रशिक्षण क्याम्पमा सामूहिक प्रशिक्षण थालेका हुन् । बिदामा रहेका अधिकांश खेलाडी आइतबारै क्लब फर्किएका हुन् । केही खेलाडी फर्किन बाँकी छ ।

नयाँ सिजनअघि क्लबले बिदामा रहेका खेलाडीलाई अगस्ट २३ सम्ममा क्लब फर्किन भनेको थियो । खेलाडी क्लब फर्किएपछि नियमित स्वास्थ्य जाँच तथा कोरोना जाँचपछि खेलाडीले प्रशिक्षण थालेका हुन् । दुई साताअघि मात्रै युभेन्टसले अघिल्ला प्रशिक्षक सार्रीलाई बर्खास्त गरेर क्लबका लिजेन्ड खेलाडी पिर्लोलाई नियुक्त गरेको थियो । भर्खरै सकिएको सिजन युभेन्टसले घरेलु लिग सिरी ए मात्रै जित्यो ।

पहिलो दिनको प्रशिक्षणमा टोलीका प्रमुख खेलाडी क्रिस्टियानो रोनाल्डो, कप्तान जर्जियो किलिनी, उपकप्तान लियोनार्दो बोनुची, जुआन काउडराडोलगायत खेलाडी सहभागी थिए । पहिलो दिनको प्रशिक्षण थाल्नुअघि नयाँ प्रशिक्षक र खेलाडीबीच १ घन्टासम्म चिनजान र सुरुआतको छलफल भएको थियो ।

युभेन्टसले एक सातासम्म प्रशिक्षण गरेर केही मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि खेलाडीहरू अन्तर्राष्ट्रिय खेलका लागि राष्ट्रिय टोलीमा दुई साताका लागि फर्किनेछन् । अनि मात्रै नयाँ सिजनका खेल सुरु हुनेछन् । युभेन्टसको पहिलो दिनको प्रशिक्षणका तस्बिर हेरौं –

 

 

 

 

 

 

 

 

प्रकाशित मिति ९ भाद्र २०७७, मंगलवार ०२:४८
Loading...