नेइमारलाई मेस्सीको फोन : के भने नेइमारलाई ?

एजेन्सी, साउन २८
स्पेनिस बार्सिलोनाका कप्तान मेस्सीले ब्राजिलियन फरवार्ड नेइमारलाई रियल मड्रिड नजान सुझाव दिएका छन् । विगतमा चार वर्ष बार्सिलोनामा सँगै खेलेका मेस्सीले नेइमारलाई फोन गरेर रियलको प्रस्ताव अस्वीकार गर्न सुझाव दिएको खबर ‘मार्सा’ ले छापेको छ ।

रियल मड्रिड अहिले नेइमार अनुबन्ध गर्न लागिपरेको छ । तर, बार्सिलोना पनि पूर्वस्टार खेलाडी पुनः अनुबन्ध गर्नेमा रियललाई उछिन्ने दौडमा छ ।

नेइमार अनुबन्धको चर्चा चुलीमा पुग्दै गर्दा मेस्सीले पूर्वसहकर्मीलाई फोन गरी रियलमा नजान भनेका हुन् । मेस्सीलाई नेइमारलाई पुन क्याम्प नोउ फर्किन पनि अनुरोध गरेका छन् ।

नेइमारको क्लब पिएसजीले नेइमारले क्बल छाड्ने पुष्टि गरिसकेको छ । तर, नेइमार कहाँ जाँदैछन् भन्ने अझैसम्म पनि प्रष्ट हुन सकेको छैन ।

प्रकाशित मिति २८ श्रावण २०७६, मंगलवार ०९:३२
Loading...