नेपालमा एकैदिन १ हजार १६ जनामा कोरोना संक्रमण : दैनिक संख्यामा हालसम्मकै उच्च

काठमाडौं, भदौ २
नेपालमा पछिल्लो २४ घन्टामा १ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा भएका जाँचबाट कूल १ हजार १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । नेपालमा दैनिक संक्रमितको संख्याा यो हालसम्मकै उच्च हो । यसअघि एकैदिन हजार संक्रमितको आँकडा कहिल्यै बनेको थिएन ।

स्वास्थ्य तथा नजनसंख्या मन्त्रालयले पछिल्ला २४ घन्टामा देशका विभिन्न जिल्लामा भएका जाँचबाट थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनबाट जानकारी दिएको छ । आज भेटिएका संक्रमितमध्ये २०५ जना काठमाडौंका मात्रै रहेका छन् । पछिल्लो समय काठमाडौंमा स्थिति थप कठिन बन्दै गएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ७५ पुगेको छ ।

प्रकाशित मिति २ भाद्र २०७७, मंगलवार १०:४९
Loading...