नेइमार अनुबन्धबारे यसो भन्छन् बार्सिलोनाका प्रशिक्षक

एजेन्सी, साउन २७
स्पेनिस बार्सिलोना अझै पनि पूर्वस्टार नेइमार अनुबन्ध गर्न प्रयासरत छ । ऊसँगै रियल मड्रिड पनि लागिपरेको छ । तर, दुवै क्लबका लागि विश्वकै सर्वाधिक महँगा खेलाडीको अनुबन्ध सहज भने देखिँदैन ।

यसैबीच, बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले नेइमार अनुबन्धबारे प्रतिक्रिया दिएका छन् । हालै अमेरिका टुर सकाएर बार्सिलोना फर्किएपछि मिडियासँग कुरा गर्दै उनले नेइमारबारे आफूलाई केही थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गरे ।

पत्रकारले भाल्भर्डेलाई ‘नेइमार अनुबन्धपछि उनका लागि तपाईंको योजना के छ ?’ भनेर सोधेका थिए । सो प्रश्नमा भाल्डर्भेले पन्छिँदै सटिक जवाफ दिए– ‘खासमा मलाई नेइमारबारे केही थाहा छैन । कृपया, यसबारे क्लबलाई सोध्नुहोस् ।’

प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार १३:२५
Loading...