नेपालमा पछिल्लो २४ घन्टामा थपिए ६४१ जना कोरोनाका नयाँ संक्रमित

काठमाडौं, साउन ३२
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसका करिब साढे ६ सय नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा कूल ६४१ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो समय कोरोना थप फैलिन थालेयता यो सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यो देशैभरिको कूल तथ्यांक हो ।

मन्त्रालयका अनुसार २४ घन्टाका बीचमा १२ हजार २ सय ४७ पिसिआर विधिबाट परीक्षण गर्दा ६४१ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै अब नेपालमा कूल संक्रमितको संख्या २६ जार ६ सय ६० पुगेको छ । यता, हालको अवस्थामा देशभरमा अझै पनि ९ हजार २ सय ४१ जना संक्रमित सक्रिय छन् । उनीहरूको उपचार जारी छ ।

प्रकाशित मिति ३२ श्रावण २०७७, आईतवार १०:५०
Loading...