खेलाडीको चोटले भाल्भर्डेलाई तनाव

एजेन्सी, साउन २७
स्पेनिस क्लब बार्सिलोनाका दोस्रो रोजाइका गोलरक्षक नेटो घाइते भएका छन् । उनी प्रशिक्षणक्रममा घाइते भएका हुन् । लगातार खेलाडी चोटग्रस्त बनेपछि प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको समस्या बढेको छ ।

क्लब बार्सिलोनाले अफिसियल रूपमा जानकारी दिँदै नेटो घाइते भएको पुष्टि गरको छ । प्रशिक्षण गरिरहँदा लडेर नेटोको नाडी भाँचिएको बताइएको छ । अब नेटोलाई चोटमुक्त हुन कम्तीमा ६ देखि बढीमा ८ साता लाग्नेछ ।

यसअघि कप्तान लिओनल मेस्सी पनि घाइते छन् । उनी ला लिगाको पहिलो खेल खेल्ने गरी फिट हुन अहिले धमाधम अभ्यास गरिरहेका छन् ।

प्रकाशित मिति २७ श्रावण २०७६, सोमबार १०:२४
Loading...