विश्वसुन्दरी गायिका शाकिरासँग फुटबलर पिकेको रोचक प्रेम कहानी यस्तो छ

स्पेनिस बार्सिलानाका स्टार डिफेन्डर जेरार्ड पिके अहिले खेलाडी मात्रै नभएर क्लबका मालिक पनि हुन् । क्लब बार्सिलोनाका लागि खेलिरहेका उनले केही समयअघि मात्रै स्पेनकै एक क्लब पनि किनेका छन् । उनी निकट भविष्यमा क्लब बार्सिलोनाको अध्यक्ष बन्ने अभियानमा पनि छन् ।

उनै पिकेको प्रेमको कहानी निकै राचेक छ । विश्वकै चर्चित कोलम्बियन गायिका शाकिरासँग वैवाहिक जीवन बिताइरहेका पिकेको प्रेमका किस्साबारे यहाँ चर्चा गरिएको छ ।

पिकेको चर्चित गायिका शाकिरासँग सन् २०१० को वल्र्डकप गीत ‘वाकावाका’को छायांकनक्रममा भेट भएको थियो । मड्रिडमा भएको उक्त छायांकनको पहिलो भेटमै पिकेले शाकिराको फोन नम्बर मागेका थिए ।

विश्वकप सुरु हुनु केही दिनअगाडि उनले यी कोलम्बियन पप स्टारलाई मोबाइलमा एक म्यासेज पठाउँदै दक्षिण अफ्रिकाको मौसमबारे सोधेका थिए । त्यही नै उनको शाकिराका लागि पहिलो सन्देश पनि थियो ।

शाकिराले विश्वकपको उद्घाटन समारोहमा गीत गाउने भएकाले उनी जेरार्डभन्दा पहिले नै त्यहाँ पुग्नुपर्ने थियो । यही कारणले उनले पुनः शाकिरालाई त्यहाँको मौसमबारे सोधेका थिए । तर, शाकिराले पहिलेको जस्तो ‘यहाँ चिसो छ, कोट ल्याऊ’ भन्ने छोटो उत्तर नलेखी मौसमको निरन्तर अपडेट दिँदै गएकी थिइन् ।

नभन्दै पिकेले पनि शाकिराको पलपलको सन्देशमा लुकेको मायालाई बुझिहाले । त्यसपछि यी दुईबीच फुटबल टुर्नामेन्टभरि सन्देशको खुबै आदानप्रदान भइरह्यो ।

शाकिराले विश्वकपको समापन समारोहमा पनि गाउने कार्यक्रम तय भयो । पिके साकिराको प्रेममा यति डुबिसकेका थिए कि, शाकिरालाई हेर्नकै लागि स्पेनलाई अन्तिम चरणसम्म पुर्याउने कसमसमेत उनले त्यत्तिबेला खाएका थिए ।

नभन्दै ‘तिमीलाई हेर्न फाइनलसम्म पुग्न परे पनि म पुग्छु’ भन्ने जेरार्डको कसम पूरा भयो । स्पेन विश्वकपको फाइनल पनि पुगेरै छाड्यो । र, उपाधि पनि जित्यो ।

प्रकाशित मिति २६ श्रावण २०७६, आईतवार १३:१३
Loading...