सकेनन् रोनाल्डोले : मेस्सीले जिते ‘उत्कृष्ट गोल’को अवार्ड

एजेन्सी, साउन २४
स्पेनिस बार्सिलोनाका फरवार्ड लिओनल मेस्सीले गत सिजनको युरोपियन च्याम्पियन्स लिगको सिजनको उत्कृष्ट गोलको अवार्ड जितेका छन् । युइएफएले आज अफिसियल रूपमा मेस्सीले गत सिजनको उत्कृष्ट गोलको अवार्ड जितेको घोषणा गरेको हो ।

मेस्सीले सो गोल गत सिजन अन्तिम चारमा इंग्लिस क्लब लिभरपुलविरुद्ध गरेका थिए । आफ्नो घरमा भएको खेल बार्सिलोनाले ३–० ले जित्दा मेस्सीले २ गोल गरेका थिए । सोही गोल मेस्सीले फ्रि किकमार्फत् दर्शनीय ढंगले गरेका थिए ।

मेस्सीको सो गोलसहित गत सिजनका टप–१० गोललाई युइएफएले फ्यानहरूका लागि भोटिङ गर्न सार्वजनिक गरेको थियो । जसमा फ्यानहरूले बाँकी ९ गोललाई छाडेर मेस्सीको गोललाई विजेता बनाए ।

यसअघि युइएफएले युभेन्टसका क्रिस्टियानो रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको दर्शनीय भली गोललाई सिजनको उत्कृष्ट गोल घोषित गरेको थियो । तर, फ्यानहरूले भने मेस्सीको गोललाई उत्कृष्ट गोल बनाए ।

गत सिजन मेस्सीले च्याम्पियन्स लिगमा १२ गोल गर्दै २ गोलका लागि असिस्ट गरेका थिए । तर, बार्सिलोना अन्तिम चारमा लिभरपुलसँग नमिठो हार भोग्दै उपाधि होडबाट आउट भएको थियो ।

प्रकाशित मिति २४ श्रावण २०७६, शुक्रबार १४:५८
Loading...