सरुवा चर्चाबीच मेस्सीलाई किन गरे नेइमारले फोन ?

एजेन्सी, साउन २४
फ्रेन्च क्लब पिएसजीका फरवार्ड ब्राजिलियन नेइमारले पूर्वक्लब बार्सिलोनाका कप्तान तथा पूर्वसहकर्मी लिओनल मेस्सीसँग टेलिफोनमा कुराकानी गरेका छन् । यसै समरमा क्लब छाड्ने तयारीमा रहेका नेइमारले बार्सिलोना फिर्तीका लागि सहयोग माग्दै मेस्सीसँग फोन गरेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।

नेइमार पिएसजी छाडेर बार्सिलोना फर्किन प्रयास गरिरहेका छन् । तर, पछिल्लो समय उनलाई भित्र्याउन स्पेनकै अर्को क्लब रियल मड्रिड पनि लागेको छ । रियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पाउल पोग्बा भित्र्याउन नससक्ने भएपछि नेइमारतिर फर्किएको हो ।

खबरअनुसार मेस्सीसँग कुरा गर्दै नेइमारले आफूले पिएसजी छाड्न चाहेको बताउँदै स्पेन फर्किन सहयोग गर्न अनुरोध गरेका छन् । नेइमारले फोन गरेपछि नै मेस्सीले पनि क्लबका अधिकारीसँग दुई दिनअघि मात्रै नेइमारको सरुवाबारे छलफल गरेको बताइएको छ ।

प्रकाशित मिति २४ श्रावण २०७६, शुक्रबार १०:४८
Loading...