बिहीबार भुलेर पनि गर्नु हुँदैन यी पाँच काम

ब्रह्माण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने बृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । बिहीबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने विश्वास छ । तर, बिहीबार केही काम गर्न भने निषेध गरिएको छ । यहाँ बिहीबार गर्न नहुने कामबारे चर्चा गरिएको छ ।

१. कपाल नुहाउनु हुँदैन

शास्त्रमा बिहीबार कपाल नुहाउनु नहुने उल्लेख छ । खास गरी महिलाले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

२. दाह्री काट्नु वा नङ काट्नु हुँदैन

बिहीबार नङ काट्नु र दाह्री काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ति हुनुको साटो घटुवा हुनेसमेत खतरा हुने शास्त्रमा उल्लेख छ ।

३. कपडा धुँदा अशुभ

बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहीबारको दिन ठूला–ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ ।

४. घरको फोहोर फाल्नु हुँदैन

बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुने शास्त्रमा उल्लेख गरिएको छ

५. लक्ष्मीको मात्र पूजा

बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र गर्नुह ुँदैन । पूजा गर्दा लक्ष्मीनारायणको पूजा सँगै गर्नु राम्रो हुन्छ । यसले पति–पत्नीबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

प्रकाशित मिति २२ श्रावण २०७७, बिहीबार ०२:३४
Loading...