आज नेपालमा थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २१
आज (बुधबार) नेपालमा थप ३८१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न स्थानबाट कूल ३८१ जना संक्रमित थपिएका हुन् । अब कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा आइसोलेसनमा रहेकाहरूको कूल संख्या ६ हजार १७४ रहेको छ । यता, पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १३० जनाले कोरोना जितेर घर फर्किएका छन् । यससँगै निको हुनेको कूल संख्या १५ हजार १५६ जना पुगेको छ ।

प्रकाशित मिति २१ श्रावण २०७७, बुधबार ११:०६
Loading...