सुन अब किन्ने हैन, सम्झिने मात्रै : एक तोलाको १ लाख नाघ्यो !

काठमाडौं, साउन २१
नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाली बजारको इतिहासमै पहिलोपटक सुन प्रतितोला १ लाख नाघेको छ । आज एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको लाख १ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको भाउ प्रतिऔंस ४० डलरले बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको बताइएको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनमा लगानीकर्ता बढेको, सुनको उत्पादनमा कमी आएको तथा कोरोना सङ्क्रमणका अर्थतन्त्र प्रभावित बनेकाले सुनको भाउ लगातार बढ्दो रूपमा रहेको हो । यता, हिजो र अस्ति स्थिर रहेको चाँदीको भाउ आज तोलामा ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज बजारमा चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति २१ श्रावण २०७७, बुधबार ०७:१८
Loading...