सिरी ए : आज सिजनको अन्तिम खेलमा युभेन्टस र रोमा भिड्दै

काठमाडौं, साउन १७
इटालियन सिरी ए लिग फुटबलमा आज राति लिगको अन्तिम चरणका कूल ५ खेल हुँदैछन् । आज हुने ५ खेलमा केही खेल ठूला टोलीका खेल पनि हुँदैछन् । आज हुने खेलमध्ये उपाधि च्याम्पियन युभेन्टस र पाँचौं स्थानको रोमाको खेल महत्त्वपूर्ण हुनेछ । यो खेल नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुनेछ ।

हाल युभेन्टस अंक तालिकाको शीर्ष स्थानमा ८३ अंकसहित रहेको छ । आजको खेलका लागि युभेन्टसको घरेलु मैदानमा उत्रिन लागेको रोमा भने ६७ अंकसहित पाँचौं स्थाना छ । यसअघि नै युरोपा लिगमा छनौट भइसकेको रोमाका लागि आजको खेल प्रतिष्ठाको खेल हुनेछ ।

युभेन्टस आज घरेलु मैदानमा हुने यो खल जितेर सिजनलाई सुखद् अवस्थाबाट बिट मार्न मात्रै चाहँदैन, आज ऊ यो खेल जित्दनै घरमा उपाधिको खुसीयाली मनाउने तयारीमा पनि छ । यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई आज राति रोमासँगको खेलपछि उपाधि हस्तान्तरण गरिनेछ ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार ०२:१७
Loading...