मेस्सीको भाषणमा पिकेको कमेन्ट

एजेन्सी, साउन २३
स्पेनिस बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले कप्तान लिओनल मेस्सीले केही दिनअघि क्याम्प नोउमा गरेको भाषणमाथि प्रतिक्रिया दिएका छन् । उनले मेस्सीको भाषणा सहकर्मीलाई एकतावबद्ध गराउन र फ्यानहरूलाई उत्साहित बनाउने खालको रहेको भन्दै अझै पनि आफूहरूले टिममा पर्याप्त तयारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।

केही दिनअघि बार्सिलोनाले इंग्लिस क्लब आर्सनलसँग ग्याम्पर ट्रफीमा खेल्नुअघि मेस्सीले घरेलु दर्शकमाझ आफ्ना भनाइ राखेका थिए । सोक्रममा मेस्सीले गत सिजनको प्रदर्शन र असफलतामा आफूलाई कुनै पछुतो नरहेको उल्लेख गर्दै नयाँ सिजनमा सबै उपाधिका लागि फेरि संघर्ष गर्ने बताएका थिए ।

मेस्सीको सो भाषणमा केन्द्रित हुँदै पिकेले मेस्सीले कप्तानका रूपमा भाषण गरेको भन्दै त्यसले सबैलाई थप एकताबद्ध बनाउने बताए । उनले मेस्सीमाथि ज्यादा दबाब नबढाउन पनि अनुारेध गरे ।

‘मेस्सीले राष्ट्रिय टिममा जति दबाब महसुस गर्छन्, बार्सिलोनामा त्यही हुँदैन । यहाँ उनलाई केही न केही राहत हुनछ नै । हामीले ट्रिबेल उपाधि नजितेको सिजन खराब भयो भन्ने सोचाइ त्याग्नुपर्छ,’ पिकेले भने ।

पिकेले अघि थपे, ‘उनी टिमका कप्तान हुन् । उनी सहकर्मी र फ्यानलाई धैर्यवान् बनाउन प्रयास गर्छन् । एक सिजनमा हजार कुरा हुन सक्छन् । तर, हामीले तयारी गर्नुपर्छ, थुप्रै तयारी । त्यसका लागि यो प्रि–सिजनको केही तयारी पर्याप्त हुँदैन । हामीसँग अझै थुप्रै कमजोरीहरू छन् ।’

प्रकाशित मिति २३ श्रावण २०७६, बिहीबार ०८:३८
Loading...