एफए कप फाइनल : उपाधिका लागि आज चेल्सी र आर्सनल भिड्दै

काठमाडौं, साउन १७
इंग्लिस एफए कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । जारी सिजनको उपाधिका लागि आर्सनल र चेल्सीको रोमाञ्चक भिडन्त आज राति हुन लागेको हो । खेल टोटनह्यामको घरेलु मैदान वेम्बली रंगशालामा नेपाली समयअनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि सेमिफाइनलमा चरणमा आर्सनलले म्यानचेस्टर सिटीलाई २–० ले हराएर फाइनलमा पुगेको थियो भने चेल्सीले म्यानचेस्टर युनाइटेडलाई चेल्सीले ३–१ ले हराएर आर्सनलसँगको भेट पक्का गरेको थियो । प्रिमियर लिगका दुई बलिया टोली उपाधिका लागि भिड्ने भएकाले आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ ।

लन्डन सहरका दुई क्लब भिड्ने भएकाले यस खेललाई लन्डन डर्बी पनि भनिन्छ । यो सिजन प्रिमियर लिगबाट युरोपा लिगमा छनौट हुन नसकेको आर्सनल आज चेल्सीलाई एफए कपको उपाधि जितेर सिजन बिट मार्ने दाउमा छ । आज चेल्सीविरुद्ध भिड्दा आर्सनल कुनै पनि हालतमा उपाधिको लक्ष्य लिएर उत्रिनेछ ।

आर्सनलले आगामी सिजन च्याम्पियन्स लिग र युरोपा लिग दुवै खेल्न पाउनेछैन । यदि उसले युरोपा लिगमा अझै पनि फरक बाटोबाट स्थान बनाउन चाहन्छ भने आज चेल्सीलाई कुनै पनि हालतमा हराउनैपर्छ । चेल्सीलाई हराएर उपाधि जित्न सके आर्सनलले वैकल्पिक बाटोबाट युरोपा लिगमा स्थान बनाउने सम्भावना अझै पनि छ ।

प्रकाशित मिति १७ श्रावण २०७७, शनिबार ०२:०१
Loading...