रियल मड्रिडद्वारा नयाँ सिजनको होम एन्ड अवे जर्सी सार्वजनिक

काठमाडौं, साउन १६
स्पेनिस फुटबल क्लब रियल मड्रिडले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । क्लबले आज अफिसियल रूपमा सिजन २०२०–२१ मा प्रयोग हुने होम र अवे किट एकसाथ सार्वजनिक गरेको हो । रियलको जर्सी चर्चित कम्पनी एडिडासले बनाउँदै आएको छ । रियलका यसपटकका दुवै जर्सी निकै आकर्षक देखिएका छन् ।

क्लबले होम अर्थात् प्रमुख जर्सीमा आफ्नो ट्रेडमार्क कलर सेतो र अवे जर्सी गुलाबी कलरको बनाएको छ । उसले जर्सीमा एकातिर क्लबको लोगो र एकातर्फ एडिडास कम्पनीको लोगो राखेको छ । जसमा सेतो जर्सीको तलको भागको साइडमा गुलाबी कलरको धर्सा राखेको छ भने अवे किटमा भने निलो कलरको धर्सा राखेको छ ।

रियलले तेस्रो जर्सी भने सार्वजनिक गरेको छैन । उसले ‘थर्ड जर्सी’ केही समयपछि सार्वजनिक गर्ने जनाएको छ । रियलले यसपटक बार्सिलोनालाई पछि पार्दै ला लिगा उपाधि जितेको थियो ।

प्रकाशित मिति १६ श्रावण २०७७, शुक्रबार १०:२८
Loading...