नेइमार फर्काउन मेस्सी सक्रिय : सफल होलान् त ?

एजेन्सी, साउन २२
स्पेनिस मिडियामा प्रकाशित ताजा रिपोर्टअनुसार बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पूर्वसहकर्मी ब्राजिलियन नेइमार फर्काउन क्लबसँग छलफल गरेका छन् । हाल चोटका कारण आराम गरिरहेका मेस्सीले अघिल्लो दिन क्लबका अध्यक्ष र कार्यवाहक खेल निर्देशकसँग भेट गरी नेइमारको सरुवा सम्भावनाबारे कुरा गरेको बताइएको छ ।

‘मुन्डो डेपोर्टिभो’ र ‘एएस’का अनुसार फ्रेन्च फरवार्ड एन्टोनी ग्रीजम्यान आइसकेपछि पनि मेस्सी नेइमार बार्सिलोनामा फर्किएको हेर्न चाहन्छन् । विगतमा चार वर्ष नेइमारसँग नजिक रहेर खेलेका मेस्सीले बार्सिलोनामा आफ्नो उत्तराधिकारी नेइमार बनू्न् भन्ने चाहना राखेको जानकारहरू बताउँछन् ।

नेइमारले बार्सिलोना छाडेर गए पनि उनीसँग मेस्सी नियमित सम्पर्कमा रहँदै आएका छन् । तीन दिनअिघ मात्रै मेस्सी घाइते भएपछि नेइमारले सामाजिक सन्जालमा सन्देश पठाउँदै मेस्सीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।

बार्सिलोना बोर्ड सरुवा सिजन सकिन लाग्दा सन् २०१७ मा आफैंले विश्वकीर्तिमानी २२२ मिलियन युरोमा बेचेका खेलाडी क्याम्प नोउ फर्काउन तयार देखिन्छ । तर, पिएसजीले सजिलै नेइमार बार्सिलोना पठाउने संकेत गरेको छैन ।

बार्सिलोना नेइमार फर्काउन कम्तीमा आफ्ना एक स्टार खेलाडी दिए केही रकम थप्न चाहन्छ भने पिएसजी नेइमारलाई नगद पैसामा मात्रै बेच्न चाहन्छ ।

प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार ११:१७
Loading...