प्रचण्डकी नातिनीको गीतमा सरोज र आश्माले यसरी गरे रोमान्स (भिडियो)

काठमाडौं, साउन २२
गायिका स्मिता दाहालको ‘मायालु तिमी कता छौं’ शीर्षकको गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा चर्चित समूह ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आश्मा विश्वकर्माले रोमाञ्चक अभिनय गरेका छन् ।

स्मिता नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् । उनले दुई हप्ताअघि मात्र ‘जालमा’ गीत निकालेकी थिइन्।

‘मायालु तिमी कता छौ’ गीत स्मितासँगै राजनराज शिवाकोटीले गाएका छन् । गीत दिनेश थपलियाले लेखेका हुन् भने राजनराजकै संगीत छ ।

प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार ११:०१
Loading...