फिल्म ‘मारूनी’को ट्रेलरमा यस्तो देखियो साम्राज्ञीको एकोहोरो माया

काठमाडौं, साउन २२
नयाँ फिल्म ‘मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का अभिनित सो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

सो फिल्मलाई नवल नेपालले निर्देशन गरेका छन् । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको बताइएको छ । फिल्ममा साम्राज्ञी र पुष्पबाहेक रेविका गुरूङको प्रमुख भूमिका रहेको छ । फिल्म सिनेमा भदौ १३ मा लाग्दैछ ।

फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाईं, विनोद भट्टराई र सुशील क्षेत्रीलगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति २२ श्रावण २०७६, बुधबार १०:५८
Loading...