फ्यानहरूलाई घाइते मेस्सीको सन्देश– ‘हामी चाँडै एकअर्कालाई देख्नेछौं’

एजेन्सी, साउन २१
अन्तर्राष्ट्रिय ड्युटी तथा बिदा मनाएर बार्सिलोना फर्किएका कप्तान लिओनल मेस्सी प्रशिक्षणको पहिलो दिनै नै घाइते भएपछि उनी दुई साता टोलीबाहिर हुने भएका छन् । काल्फ इन्जुरीका कारण मेस्सी अमेरिका टुरमा समेत सामेल छैनन् भने उनले नयाँ सिजनमा ला लिगाको पहिलो खेलसमेत गुमाउने सम्भावना छ ।

मेस्सीले प्रशिक्षणको पहिलो दिन नै चोट बोकेपछि आफ्ना फ्यानहरूलाई सन्देश दिएका छन् । सामाजिक सन्जाल इन्स्टाग्रामा प्रशिक्षण गर्दै गरेको तस्बिर पोस्ट गर्दै उनले आफू पहिलो दिनै प्रशिक्षणमै घाइते हुँदा दुःख लागेको भन्दै आफू चाँडै फिट भएर आउने बताएका छन् ।

‘म प्रशिक्षणका लागि उत्सुक थिएँ । तर, यसमा बाधा सिर्जना भयो । जसका कारण म केही समय बाहिर हुनुपरेको छ,’ उनले भनेका छन्, ‘मलाई सन्देश पठाउने सबै फ्यानहरूलाई धन्यवाद छ ।’

मेस्सीले आफू चाँडै फ्यानहरूसँग आमनेसामने हुने पनि बताएका छन् । ‘तर, हामी चाँडै एकअर्कालाई देख्ने छौं,’ उनले अन्तिममा लेखेका छन् ।

बार्सिलोनाले ला लिगाको पहिलो खेल नेपाली समयअनुसार अगस्ट १७, शनिबार एथ्लेटिक क्लबसँग खेल्दैछ ।

प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार १४:२९
Loading...