सर्वेक्षण भन्छ– ‘ला लिगा यसपटक पनि बार्सिलोनाले जित्छ’

एजेन्सी, साउन २१
हालै गरिएको एक अनलाइन सर्वेक्षणले सिजन २०१९–२० को स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्ने देखाएको छ । गत सिजनको समेत च्याम्पियन रहेको बार्सिलोनाले पछिल्ला ११ वर्षमा ८ पटक ला लिगा जितेको छ ।

सर्वेक्षणमा नयाँ सिजनको ला लिगाको च्याम्पियन को बन्न सक्छ भनेर क्लबहरूको विकल्प दिइएको थियो । जसमा उनीहरूले नयाँ सिजनको ला लिगा जित्न सक्ने टिमका रूपमा बार्सिलोनालाई १ नम्बमा राखेका छन् ।

त्यसपछि दोस्रो नम्बरमा रियल मड्रिड तथा तेस्रो स्थानमा एथ्लेटिको मड्रिड रहेका छन् । त्यस्तै, चौथो स्थानमा भ्यालेन्सिया र पाँचौं स्थानमा सेभिल्ला रहेको छ ।

प्रकाशित मिति २१ श्रावण २०७६, मंगलवार ०३:३७
Loading...