१ हजारको नयाँ नोटमा नेपाली ‘राम–लक्ष्मण’ जुम्ल्याहा हात्तीको फोटो

काठमाडौं, साउन ७
नेपाल राष्ट्र बैंकले १ हजारको नयाँ नोट जारी गरेको छ । आजदेखि नेपाली बजारमा सार्वजनिक भएको १ हजारको नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको फोटो राखिएको छ । यसअघि भने नोटमा एक्लो अफ्रिकन हात्तीको फोटो रहँदै आएको थियो ।

तर, राष्ट्र बैंकले हजारको नोटमा नेपाली हात्तीको फोटो राख्ने निर्णय गरेअनुसार आजबाट सो निर्णय कार्यान्वयन भएको हो । अबदेखि सधैं नयाँ नोट छाप्दा नेपाली हात्तीकै फोटो राखिनेछ । हाल नोटमा समेटिएका दुई जुम्ल्याहा हात्ती ०६५ सालतिर चितवनमा जन्मिएका हुन् । जुम्ल्याहा भएका कारण उनीहरूको नाम ‘राम–लक्ष्मण’ राखिएको थियो ।

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १५:००
Loading...