नेपालमा सुनको भाउले बनायो नयाँ रेकर्ड

काठमाडौं, साउन ७
नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । बुधबार नेपालमा सुनको भाउ प्रतितोल हालसम्मकै उच्च ९४ हजार तोकिएको छ । बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको प्रतितोला मूल्य ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुनमा प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।

बुधबारका लागि तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९३ हजार ५६० रुपैयाँ तोकियो । यस्तै, चाँदीको मूल्य प्रतितोलामा अघिल्लो दिनको तुलनामा तोलामै ९५ रुपैयाँले बढेर ११ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य नेपालमा यसअघि १४ सय ५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

प्रकाशित मिति ७ श्रावण २०७७, बुधबार १३:३१
Loading...