ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्यो

एजेन्सी, साउन ६
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ब्राजिलमा ८० हजार १२० जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् । सोमबार मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा त्यहाँ ६३२ जनाको ज्यान गएको छ ।

ब्राजिलमा हालसम्म २१ लाखभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । तर, त्यहाँ कोरोना जाँच पर्याप्त हुन नसक्दा संक्रमित र मृतकको संख्या अझै ठूलो हुनसक्ने विश्लेषण गएिको छ । पछिल्लो समय ब्राजिलले कोरोनाको तथ्यांक लुकाएको भन्दै आलोचना भएको थियो ।

प्रकाशित मिति ६ श्रावण २०७७, मंगलवार १२:११
Loading...