नयाँ सिजनको मुखमा घाइते भए मेस्सी : चोटको अवस्था कस्तो ?

एजेन्सी, साउन २०
स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सी घाइते भएका छन् । उनी बिदा मनाएर आजबाट प्रशिक्षणमा फर्किएको पहिलो दिन नै चोटग्रसत भएका हुन् ।

आज क्लब बार्सिलोनाले अफिसियल रूपमा विज्ञप्ति निकाल्दै मेस्सीको दायाँ खुट्टाको पिडुलामा चोट परेको र उनले प्रि–सिजनको प्रशिक्षण साथै अमेरिका टुर गुमाउने प्रष्ट पारेको छ ।

मेस्सीको चोटको पहिलो चरणको चेकजाँचपछि उनको अवस्था सामान्य रहेको क्लबले बताए पनि थप चेकजाँचको रिपार्ट आउन बाँकी रहेको उल्लेख गरेको छ ।

बार्सिलोना यसै साता अमेरिका टुरमा निस्कँदैछ । अमेरिकामा बार्सिलोनाले दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । तर, मेस्सी अब सो टोलीमा हुनेछैनन् ।

मेस्सी नयाँ सिजन सुरु हुनुअघिसम्मा ठीक हुने अपेक्षा गरिएको छ । बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल अगस्ट १७ मा ला लिगामा पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति २० श्रावण २०७६, सोमबार १३:१७
Loading...