नेपालमा थप १७३ जनाले कोरोना जितेर घर फर्किए

काठमाडौं, साउन ५
नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १७३ जनाले डिस्चार्ज पाएको स्वास्स्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घन्टामा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ४ हजार २१६ नमूना परीक्षण गर्दा १८६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । अब नेपालमा कूल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । उनीहरूमध्ये ४० जनाको ज्यान गएको छ भने ११ हजार ८६८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति ५ श्रावण २०७७, सोमबार १४:२१
Loading...