नेपालमा थप १०३ जनाले कोरोना जितेर घर फर्किए

काठमाडौं, साउन ३
नेपालमा पछिल्लो २४ घन्टामा थप १०३ जना कोरोना संक्रति उपचारपछि ठीक भएर घर फर्किएका छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा थप ५७ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा देशभरका प्रयोगशालामा ३ हजार ३३१ नमूना परीक्षण गर्दा ५७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

अब नेपालमा संक्रमितको कूल संख्या १७ हजार ५०२ पुगेको छ । उनीहरूमध्ये ४० जनाको मृत्यु भएको छ भने ११ हजार ६३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट १०३ जना निको भएर घर फर्किएका हुन् ।

प्रकाशित मिति ३ श्रावण २०७७, शनिबार ११:४६
Loading...