यो हो सुनले बनेको संसारकै पहिलो होटल : यस्ता छन् विचित्रका विशेषताहरू

यो दुनियाँ विचित्र नै विचित्र कुराले भरिएको छ । संसारका कतिपय तथ्य त पत्याउनै मुस्किल हुन्छ । तर, ती साँचा हुन्छन् । आज यहाँ त्यस्तै एक रोचक तथ्यबारे चर्चा गरिएको छ । आज यहाँ एक विचित्र होटलबारे चर्चा गर्दैछौं ।

संसारमा थुप्रै होटल तथा रेस्टुरेन्टहरू छन् । कतिपय सुविधाले चर्चित छन् भने कपिय बनौट, स्थानका हिसाबले चर्चित छन् । यहाँ कुरा गर्न लागिएको भियतनामको राजधानी हनोइमा रहेको खुलेको नयाँ होटलको हो, जुन सुनबाट बनेको छ । र, सुनबाट बनेको यो विश्वकै पहिलो होटल हो । होटलको निर्माण सन् २००९ मा सुरु भएको थियो ।

यस्तो विचित्रको होटलको हरेक चिजमा सुनको लेपन लगाइएको छ । होटलका झ्याल–ढोकादेखि फर्निचर, बाथरुम, ट्वाइलेट सबैमा सुनको जलप नै लेपन गरिएको छ । त्यत्ति मात्रै कहाँ हो र ! सो होटलमा खाना खाने कप, प्लेटलगायत सबै भाँडावर्तन समेतमा सुन नै लेपन गरिएको छ ।

यस्तो विचित्रको होटलको नाम हो– डोल्से हनोइ गोल्डेन लेक । यो होटल २५ तलाको छ । यो होटल पाँचतारे स्तरको हो । यस होटलमा जम्मा ४ सय कोठा रहेका छन् । उक्त होटलको बाहिरी भित्तामा पनि ५४ हजार वर्गफिटमा सुन लेपन गरेका टायल प्रयोग गरिएको छ ।

यो होटलको लबीमा पनि फर्निचर तथा अन्य साजसज्जाका सामान सबैमा सुन नै लेपन गरिएको छ । बेड रूममा फर्निचर तथा अन्य सामान, वास रुम, बाथटब, सिंक तथा सावरलगायत सबै सामान सुनले नै लेपन गरिएको छ । यी यावत् सुविधा र प्रयोगले गर्दा यो होटललाई ‘गोल्डेन होटल’ पनि भन्ने गरिएको छ । यो होटलका सबै कर्मचारीले पहिरन पनि सुनकै कलरका लगाउने गरेका छन् ।

सो होटलको बाहिर रहेको पर्खालमा लगाइएका इँटाहरूमा पनि सुनकै लेपन गरिएको छ । सो होटलमा एक रात बिताउनका लागि न्यूनतम नेपाली रुपैयाँ ७ लाख ३२ हजार रुपैयाँ बराबरको रकम तिर्नुपर्छ । यो होटल सबै ग्राहकका लागि खुला गरिएको छ । तर, होटल ज्यादै महँगो भएकाले यस होटलका ग्राहक धनी र पैसावालहरु मात्रै हुने देखिएको छ ।

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १५:०८
Loading...