नेपालमा थप २८५ जनाले जिते कोरोनाविरुद्धको लडाइँ

काठमाडौं, साउन २
नेपालमा कोरोना भाइरसबाट संक्रमित भएर उपचारक्रममा रहेका २८५ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो २४ घन्टामा देशभरिका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २८५ जना उपचारपछि ठीक भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यता, आज नेपालमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । हालसम्म नेपालमा संक्रमितमध्ये ११ हजार ५ सय ३४ जनाले निको भएर स्वास्थ्य लाभ गरेका छन् । नेपालमा अब संक्रमितमध्ये ५ हजार ८७१ जनाको आइसोलेसनमा उपचार जारी छ ।

प्रकाशित मिति २ श्रावण २०७७, शुक्रबार १२:२७
Loading...