समुद्रको बीच टापुमा १ अर्ब ११ करोडको घर बिक्रीमा : हेरौं १० तस्बिरहरू

घर मानिसका लागि आधारभूत आवश्यकता हो । घरले मानिसलाई घाम, पानी, हावाहुरीबाट बचाउने गर्छ । मानिस आफ्नो घरमा सुखसँग आरामदायी रूपले जीवन बिताउन चाहान्छन् । गरिब वा धनी भए पनि सबैका लागि घरको पहिलो महत्त्व यही नै हो ।

कुनै बेला अमेरिकन नागरिक म्यारिलिन मोनरोए नामका व्यक्तिको निजी सम्पत्तिको रूपमा रहेको सानो आइल्यान्ड (समुद्रको बीचमा अवस्थित जमिनको भूभाग) मा बनेको चिटिक्क परेको घर र घरबाट देखिने आकर्षक अनि लोभलाग्दो सहरी दृश्य भएको उक्त घर अहिले १ करोड १० लाख डलर अर्थात् करिब १ अर्ब ११ करोड रुपैयाँ मूल्यमा बिक्रीमा राखिएको छ ।

यो आइल्यान्डमा बिक्रीमा रहेको यो ठाउँ ३.५ एकर क्षेत्रफलमा फैलिएको छ । शानदार घरको साथै अन्य तीन वटा विल्डिङ तथा स्वीमिङ पुल पनि छ, यस ठाउँमा । समुद्री किनाराको मज्जा र न्यूयोर्क सहरको आकर्षक दृश्य साथै रातको समयमा सहरी झिलिमिली देखिने यो आइल्यान्डको आर्कषक पक्षहरू हुन् ।

६ बेड रुमसहितको सो घर सन् १९०० तिर बनाएको बताइन्छ । समुद्रको बीचमा भएकाले यो घरमा आवतजावत गर्न डुंगा प्रयोग गर्नुपर्छ । घरमै जिम, स्टिम रुम, चट्ट मिलेको किचन रुम अनि आगो ताप्न कोठाभित्रै सुविधा छ ।

हेरौं सो घर तथा आइल्यान्डका केही सुन्दर तस्बिरहरू :

 

 

 

 

 

 

 

 

प्रकाशित मिति ३० असार २०७७, मंगलवार ०७:४१
Loading...