बार्सिलोना विश्वकै सबैभन्दा मूल्यवान् क्लब

एजेन्सी, साउन १६
विश्वका सर्वाधिक मूल्यवान् क्लबहरूको सूची सार्वजनिक भएको छ । चर्चित वेबसाइट ‘ट्रान्सफर मार्केट’ले यतिबेलाका सबैभन्दा ठूलो बजार मूल्य भएका क्बलहरूको सूची सार्वजनिक गरेको हो ।

जसमा स्पेनिस बार्सिलोना सबैभन्दा पहिलो नम्बरमा रहेको छ । यतिबेला बार्सिलोनाको कूल मार्केट भ्यालु १.२७ बिलियन युरो रहेको छ । दोस्रो नम्बरमा इंग्लिस क्लब म्यानचेस्टर सिटी छ । उसको कूल भ्यालु १.२४ बिलियन युरो छ । सिटीको भ्यालु बार्सिलोनाको भन्दा ३ मिलियन बढी छ ।

त्यसैगरी, तेस्रो नम्बरमा स्पेनको क्लब रियल मड्रिड छ । रियलको कूल मार्केट भ्याुल १.१९ बिलियन युरो छ । यो बार्सिलोनाको भन्दा ८ मिलियन र सिटीको भन्दा ५ मिलियन बढी हो ।

यस्तो छ टप–१० सूची (रकम युरोेमा) :

  1. बार्सिलोना (स्पेन)– १.२७ बलियन
  2. म्यानचेस्टर सिटी (इंग्ल्यान्ड) – १.२४ बिलियन
  3. रियल मड्रिड (स्पेन) – १.१९ बिलियन
  4. लिभरपुल (इंग्ल्यान्ड) – १.०९ बिलियन
  5. पिएसजी (फ्रान्स) – ९७० मिलियन
  6. युभेन्टस (इटाली) – ९४४ मिलियन
  7. टोटनह्याम (इंग्ल्यान्ड) – ९०४ मिलियन
  8. चेल्सी (इंग्ल्यान्ड) – ८६४ मिलियन
  9. एथ्लेटिको मड्रिड (स्पेन) – ८२९ मिलियन
  10. म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड) – ८०१ मिलियन

प्रकाशित मिति १६ श्रावण २०७६, बिहीबार ०४:१२
Loading...