बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसकेको विषयमा रोनाल्डोको यस्तो टिप्पणी

एजेन्सी, साउन १४
इटालियन क्लब युभेन्टस तथा पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग जित्न नसकेको विषयमा आफ्नो भनाइ राखेका छन् । अघिल्लो दिन ‘मार्सा लिजेन्ड अवार्ड’ थाप्न स्पेन पुगेका उनले बार्सिलोनाबारे बताएका हुन् ।

रोनाल्डोले बार्सिलोनाले पछिल्ला वर्ष खेलाडीका लागि थुप्रै पैसा खर्च गरे पनि ठूला उपाधि जित्न नसकेकोप्रति भनाइ राखे । ‘च्याम्पियन्स लिग जित्न सजिलो छैन । जस्तो किः बार्सिलोनाले पछिल्ला पाँच वर्षमा खेलाडीका लागि पैसाको खोलो बगाए । तर, उनीहरूले च्याम्पियन्स लिग जित्न सकेका छैनन् । यो कति कठिन छ भन्ने उनीहरूलाई थाहा छ,’ रोनाल्डोले भने ।

रोनाल्डोले बार्सिलोना विश्वका बलियामध्ये एक टिम रहेको पनि बताए । ‘मेरो विचारमा बार्सिलोना निकै बलियो टिम हो । यो सिजन उनीहरू डे जोङ, ग्रीजम्यान आएपछि थप बलिया भएका छन् । गत वर्ष पनि उनीहरू कोउटिन्हो, डेम्बेलेको उपस्थितिले बलिया टिम थिए । उनीहरू विश्वका एक उत्कृष्ट टिम हुन्,’ रोनाल्डोले भने ।

प्रकाशित मिति १४ श्रावण २०७६, मंगलवार १३:१५
Loading...