भान डाइकले टप–५ ‘ड्रिम टिम’ मा क–कसलाई राखे ?

एजेन्सी, साउन १२
सन् २०१९ को बालोन डि‘ओर अवार्डका लागि प्रमुख दाबेदार मानिएका डच डिफेन्डर भर्जिल भान डाइकले आफ्नो टप–५ खेलाडी छानेका छन् । इंग्लिस क्लब लिभरपुलका डिफेन्डरले हालै एक कुराकानीक्रममा आफ्नो ‘ड्रिम टिम’ छानेका हुन् ।

भान डाइकलाई आफूसहित उत्कृष्ट पाँच खेलाडी छान्न भनिएको थियो । जसमा उनले यसवर्ष उनीसँगै बालोन डि‘ओर दौडमा रहेका स्पेनिस बार्सिलोनाका अर्जेन्टिनी लिओनल मेस्सीको नाम लिँदा इटालियन युभेन्टस तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम लिएनन् ।

भान डाइकले गोलकिपरतर्फ लिभरपुलकै ब्राजिलियन एलिसन बेकर छान्दा डिफेन्डरमा आफैंलाइ राखे । त्यसैगरी, मिडफिल्डमा लिभरपुल तथा राष्ट्रिय टोलीका सहकर्मी जर्जिनियो विज्नाल्डुमको नाम लिँदा स्पेनिस बार्सिलोना तथा राष्ट्रिय टोलीका सहकर्मी फ्रेन्की डे जोङको नाम लिए ।

त्यसैगरी, भान डाइकले फरवार्ड लाइनमा भने बार्सिलोनाका मेस्सीको नाम एक मात्रै फरवार्डका रूपमा लिए । यस वर्ष भान डाइकसँगै मेस्सी र रोनाल्डोलाई बालोन डि‘ओरका लागि प्रमुख उपाधि दाबेदार टिम मानिएको छ ।

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार १३:०१
Loading...