मेस्सीको फ्रि किक गोल ‘युइएफए गोल अफ् द सिजन’मा मनोनित : जित्लान् त अवार्ड ?

एजेन्सी, साउन १२
युइएफएले सिजन २०१८-१९ का लागि ‘वर्षकै उत्कृष्ट गोल’ छान्न मनोनयन सार्वजनिक गरेको छ । अघिल्लो दिन युइएफएले टप–१० खेलाडीका सिजनभरका १० उत्कृष्ट गोललाई समेटेर सूची सार्वजनिक गरेको हो ।

युइएफएले यो मनोनयन फ्यानहरूका लागि खुला गरेको हो । फ्यानहरूले युइएफएको वेबसाइटमा गएर गत सिजनका गोलमध्येबाट आफूलाई मन परेको उत्कृष्ट गोललाई अनलाइन भोटिङमार्फत् छान्न पाउँछन् ।

युइएफएले पुरुष र महिला दुवै प्रतियोगिताबाट १० खेलाडी मनानेयनमा पारेका छ । जसमा च्याम्पियन्स लिग र युरोपा लिगलगायत सबैखाले युरोपियन प्रतियोगितामा भएका उत्कृष्ट गोललाई मनोनयनमा राखिएको छ ।

मनोनयनमा स्पेनिस बार्सिलोनाका लिओनल मेस्सी, इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित खेलाडी परेका छन् । यसअघि रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध गरेको वान टच भली गोललाई युइएफएले ‘गोल अफ् द सिजन’ घोषित गरेको थियो भने मेस्सीले इंग्लिस क्लब लिभरपुलविरुद्ध गरेको दर्शनीय फ्रि किक गोललाई ‘गोल अफ् द टुर्नामेन्ट घोषित गरेको थियो ।

यसअघिका निर्णय युइएफएका अफिसियल प्राविधिकले संस्थागत रूपमा गरेका हुन् । तर, यसपटक भने फ्यानहरूले आफ्ना तर्फबाट ‘गोल अफ् दि सिजन’ छान्न पाउनेछन् । भोटिङमा सर्वाधिक धेरै मत पाउनेले ‘गोल अफ् दि सिजन’को अवार्ड जित्नेछन् ।

यस्तो छ मनोनयन सूची :

ड्यानिलो (पोर्चुगल १–१ सर्बिया)
युरो कप छनौट, दोस्रो खेल – २५–०३–२०१९

डेभिड फाउपाला (एप्लोलायन २– ० लाजियो)
युरोपा लिग, समूह चरण– २९–११–२०१८

लिओनल मेस्सी (बार्सिलोना ३–० लिभरपुल)
च्याम्पियन्स लिग, सेमिफाइनल – ०१–०५–२०१९

इन्जो मिलिओट (फ्रान्स ६–१ चेक रिपब्लिक)
युरो कप यु–१७ च्याम्पियन्ससिप, क्वार्टरफाइनल – १२–०५–१९

नानी (क्वाराबाग १–६ स्पोर्टिङ सिपी)
युरोपा लिग, समूह चरण – २९–११–२०१८

इभान राकिटिक (टोटनह्याम २–४ बार्सिलोना)
च्याम्पियन्स लिग, समूह चरण– ०३–१०–२०१८

क्रिस्टियानो रोनाल्डो (युभेन्टस १– २ म्यानचेस्टर युनाइटेड)
च्याम्पियन्स लिग, समूह चरण – ०७–११–२०१८

स्माइला सार्र (रेइनेज २– १ जाब्लोनेक)
युरोपा लिग, समूह चरण – २०–०९–२०१८

क्याट्रिना स्भिट्कोभा (स्लाभिया प्रहा १– १ बार्यन म्युनिख)
उमन्स च्याम्पियन्स लिग, क्वार्टरफाइनल – २०–०३–२०१९

प्रकाशित मिति १२ श्रावण २०७६, आईतवार १२:३०
Loading...