बूढी औंलाबाट थाहा पाउनुहोस् व्यक्तिको आनीबानी र स्वभाव

ज्योतिषशास्त्र अनुसार बूढी औंला सुन्दर हुने व्यक्ति बुद्धिमान र चतुर हुन्छन् । यिनीहरू चलाखीपूर्वक काम सम्पन्न गर्छन् । हाम्रो हातको बूढी औंला तीन भागमा बाँडिएको हुन्छ । प्रथम भाग सबैभन्दा माथिल्लो, दोस्रो मध्यम र अन्तिम भाग ।

प्रथम माथिल्लो भाग

यदि कुनै पनि व्यक्तिको बूढी औंलाको माथिल्लो भाग लामो छ भने व्यक्ति दृढ इच्छाशक्ति भएका र आत्मनिर्भर हुन्छन् । यस्ता व्यक्ति विश्वसनीय, इमान्दार र स्वतन्त्रतापूर्वक निर्णय र काम गर्ने हुन्छन् । यिनीहरू काममा सफल मात्र होइन, आर्थिक हिसाबले पनि समृद्ध हुन्छन् । यदि बूढी औंलाको पहिलो भागमा रेखा सोझा छन् भने यस्ता व्यक्तिलाई धनको कमी हुँदैन ।

दोस्रो माध्यम

यदि बूढी औंलाको मध्यभागमा त्रिभुजको आकार पाँच चिह्न छ भने व्यक्तिले विज्ञानको क्षेत्रमा सफल हुन्छन् । यदि कुनै व्यक्तिको बूढी औंलाको मध्यभागमा गोलाकार छ भने यस्ता व्यक्ति बहस गर्न सिपालु हुन्छन् । तर, यो भागमा जालीको चिह्न छ भने यस्ता व्यक्तिको चरित्र खराब हुनसक्ने बताइन्छ ।

अन्तिम भाग

बूढी औंला छोटो र मोटो हुने व्यक्ति असभ्य र अरुलाई गाली गर्ने प्रवृत्तिका हुन्छन् । कुनै पनि व्यक्तिको बूढी औंलाको तल्लो भाग निकै लामो छ भने यस्ता व्यक्ति कामुक हुन्छन् । यिनीहरू अरूलाई हानी गर्न पनि पछि पर्दैनन् ।

प्रकाशित मिति २० असार २०७७, शनिबार ०५:३७
Loading...