फिल्म ‘साइनो’मा आधुनिक राधा बन्दा यस्ती देखिइन् निता

काठमाडौं, साउन ८
आगामी साउन २४ गतेलाई प्रदर्शन मिति तोकेको फिल्म ‘साइनो’ले आफ्नो नयाँ गीत सार्वजनिक गरेको छ । प्रेमकथामा आधारित सो फिल्मको निर्माण पक्षले दर्शकलाई हलसम्म तान्ने दाबी गर्दै आएको छ ।

फिल्ममा समावेश गरिएको ‘क्या बात छ’ बोलको आइटम गीत हालै रिलिज गरिएको छ । गीतमा नायिका निता ढुंगाना, राजकुमार र राजा राजेन्द्रलाई देख्न सकिन्छ ।

‘क्या बात छ’ बोलको गीतमा किरण भुषालले धुन भरेका छन् भने उदयराज पौडेलको एरेन्ज र मिना निरौलाको स्वर छ । रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन् ।

फिल्ममा मिना, मिरुना र राजसँगै भुवन चन्द थापा, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्यलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार १०:१३
Loading...