हेर्नुहोस् ‘रातो गलबन्दी’को ट्रेलरमा केकी र कोसिसको प्रेम

काठमाडौं, साउन ८
कोसिस क्षेत्री र केकी अधिकारी स्टारर फिल्म ‘रातो गलबन्दी’को ट्रेलर सार्वजनकि भएको छ । हालै सार्वजनिक ट्रेलरमा मुख्य कलाकार केकी अधिकारी, कोसिस क्षेत्री र बुद्धि तामाङको प्रेमको उतारचढावलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको छ ।

यसै फिल्मबाट निर्देशक अनिश थापाले निर्देशनमा डेब्यु गर्दैछन् । फिल्मका लागि साउन १७ गतेलाई रिलिज मिति तोकिएको छ । फिल्ममा केकी कोसिस र बुद्धिबाहेक हेमन्त बुढाथोकी, अर्जुन गुरुङ, सम्रान्त थापालगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रकाशित मिति ८ श्रावण २०७६, बुधबार ०९:३९
Loading...