यस वर्ष हुने साफ च्याम्पियनसिप २०२१ सम्मलाई स्थगित

काठमाडौं, असार १६
यस वर्ष (२०२०) मा हुने गरी तय भएको साफ च्याम्पियनसिप फुटबल अर्को वर्ष २०२१ सम्मका लागि स्थगित भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को सदस्य राष्ट्रहरूसँग सोमबार जुममा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा साफलगायत विभिन्न उमेर समूहका प्रतियोगिताबारे पनि छलफल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

हाल विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारीका रूपमा फैलिएकाले त्यसको असरले गदौ पूर्वघोषित कार्यक्रमअनुसार यस वर्ष साफ आयोजना गर्न नसकिने ठहर गर्दै अर्को वर्षसम्मका लागि स्थगित गरिएको हो । उमेर समूहको प्रतियोगिताबारे आगामी सेप्टेम्बरमा हुने समीक्षा बैठकसम्म स्थगित गरिएको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार साफ च्याम्पियनसिप अर्को वर्षसम्मका लागि स्थगित गरिएको हो । र, यसको अर्को मिति तथा कार्यक्रम तय भएको छैन । आगामी दिनमा प्रतियोगिताको भावी योजनाबारे घोषणा हुनेछ ।

प्रकाशित मिति १६ असार २०७७, मंगलवार ०६:१९
Loading...