बार्सिलोनाद्वारा पिजानिक अनुबन्धको घोषणा : रिलिज क्लज ४०० मिलियन !

एजेन्सी, असार १५
स्पेनिस फुटबल क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसबाट मिडफिल्डर मिरेलाम पिजानिक अनुबन्ध गरेको औपचारिक घोषणा गरेको छ । उसले सोमबार आफ्ना खेलाडी अर्थुर मेलो युभेन्टसलाई बेचेको घोषणा गरेको केहीबेरमै युभेन्टसबाट पिजानिक अनुबन्ध गरेको घोषणा पनि गरेको हो ।

बार्सिलोनाले आफ्नो अफिसियल वेबसाइटमार्फत् पिजानिकलाई ६० मिलियन युरो मूल्यमा अनुबन्ध गरेको बताएको छ । ३० वर्षका बोस्नियन खेलाडीलाई बार्सिलोनाले ‘साटफेर डिल’ मा अनुबन्ध गरेको हो ।

बार्सिलोनाले आफ्ना २३ वर्षीय ब्राजिलियन खेलाडी अर्थुरलाई ७२ मिलियन युरोमा बेचेर युभेन्टसका पिजानिकलाई ६० मिलियन युरोमा अनुबन्ध गरेको हो । बार्सिलोनाका अनुसार पिजानिक यो सिजनको अन्त्यपछि नयाँ सिजनबाट क्लबका खेलाडी हुनेछन् ।

बार्सिलोनाले पिजानिकसँग सिजन २०२३–२४ सम्मका लागि सम्झौता गरेको पनि जनाएको छ । बार्सिलोनाले पिजानिकको रिलिज क्लज ४०० मिलियन युरो कायम गरेको जनाएको छ ।

प्रकाशित मिति १५ असार २०७७, सोमबार १६:४१
Loading...