साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, असार १५
सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले बताए ।

‘प्रदेश, जिल्ला र स्थानीय तहले ठाउँअनुसार कडाइ र खुकुलो बनाउन सक्छन् । तर, निर्णय गर्दा केन्द्रसँग समन्वय गर्नुपर्छ,’ ती मन्त्रीले सरकारी निर्णयको जानकारी दिँदै भने ।

अब यो निर्णयअनुसार आगामी साउन ७ गतेसम्म सार्वजनिक सवारी साधन चल्ने पाउनेछैनन् । तर, निजी सवारी साधन जोर–बिजोर प्रणालीमा हालकै अवस्थामा चल्न पाउनेछन् । त्यसैगरी, उद्धारकार्यका लागि बाहेक सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्था अर्को निर्णय नहुँदासम्म खोल्न पाइनेछैन ।

त्यसैगरी, सभासमारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्स बार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू खोल्न र सञ्चालन गर्न पाइनेछैन । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि हाला लागि बन्दै हुनेछन् ।

प्रकाशित मिति १५ असार २०७७, सोमबार १६:२४
Loading...