विश्वभरमा कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो : मृतक ५ लाख नाघे

काठमाडौं, असार १४
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वभरमा संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । त्यस्तै, विश्भरमा मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । यो संख्या लगातार बढ्दो रूपमा छ । सबैभन्दा बढी संयुक्त राज्य अमेरिका र पछिल्लो समय ब्राजिल कोरोनाबाट थलिएको छ ।

अहिलेसम्म २ सय १५ देश र दुई अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिँदा कोरोना संक्रमण हुनेको संख्या १ करोड नाघेको ‘वल्डओमिटर’ को तथ्यांकमा उल्लेख छ । १ करोडभन्दा बढी संक्रमित हुँदा ५ लाखको ज्यान गएको छ । त्यस्तै, कोरोना जित्नेको संख्या पनि ५४ लाख नाघेको छ ।

तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित हुने अमेरिकामा छन् । त्यहाँ हालसम्म २५ लाख ९६ हजार ७७१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या १ लाख २८ हजार १५२ पुगेको छ । यता, ब्राजिलमा १३ लाख १५ हजार ९४१ जनामा संक्रमण देखिएको छ । त्यहाँ हालसम्म ५७ हजार १०३ जनाको मृत्यु भइसकेको छ ।

त्यसपछि रसियामा ६ लाख ३४ हजार ४३७ जनामा संक्रमण पुष्टि हुँदा त्यहाँ कूल ९ हजार ७३ जनाको ज्यान गएको छ । पहिलोपटक कोरोना पुष्टि भएको देश चीनले भने संक्रमणको दर घटाएको छ । अहिले चीन संक्रमण सबैभन्दा फैलिएका देशमध्ये २२औं नम्बरमा छ । त्यहाँ पछिल्लो २४ घन्टामा १७ जनामा मात्र संक्रमण पुष्टि भएको छ । ३ हजार ५०० जनामा संक्रमण पुष्टि हुँदा चीनमा ४ हजार ६३४ जनाको ज्यान गएको छ । यता, बेलायतमा हालसम्म ३ लाख १० हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि हुँदा त्यहाँ ४३ हजार ५ सय ५ सय १४ जनाको ज्यान गएको छ ।

नेपालमा भने हालसम्म १२ हजार ७७२ जनामा कोरोना पुष्टि भएको छ । यहाँ हालसम्म २८ जनाको ज्यागन गएको छ भने निको भएर घर फर्किनेको कूल संख्या ३ हजार १३ पुगेको छ ।

प्रकाशित मिति १४ असार २०७७, आईतवार १४:०३
Loading...