नेपालमा थप थप १७९ जनाले जिते कोरोना : निको हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौं, असार १४
नेपालमा थप १७९ जनाले कोरोना भाइरसविरुद्धको लडाइँ जितेर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा थप १ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या ३ हजार १३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पतालबाट १७९ जना निको भएर घर फर्किएका हुन् । निको हुने १७९ जनामध्ये १३ महिला र १६६ पुरुष रहेका छन् ।

कहाँबाट कति डिस्चार्ज भए ?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा बढी बिर्ता पुलिस एकडेमी आइसोलेसन सेन्टर, रौटहटबाट ४६ निको भएर घर गएका छन् । त्यस्तै, कोभिड–१९ अस्पताल धनुषाबाट ११, नारायणी अस्पताल पर्साबाट २८, जलेश्वर अस्पताल महोत्तरीबाट ३, साईकृष्ण अस्पताल सप्तरीबाट १६ जनाले पनि कोरोनालाई जितेका छन् । यता, कोरोना विशेष अस्पताल दाङबाट ३९, सिरहा अस्पतालबाट ६, महेन्द्र जनरल अस्पतालबाट सिरहाबाट १३ र कलैया अस्पताल बाराबाट १७ जना पनि निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ९६ हजार ७६६ नमूना परीक्षण पूरा भएको छ । पछिल्लो २४ घन्टामा २ हजार ७३२ आरडिटी परीक्षण भउको छ ।

आइतबार नेपालमा देशभरिबाट थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट २८ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति १४ असार २०७७, आईतवार ११:४६
Loading...