‘सक्दिन म बाँच्न’ भन्दै पुष्पसँग साम्राज्ञीले यसरी गरिन् रोमान्स (भिडियो)

काठमाडौं, साउन ३
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह तथा नायक पुष्प खड्का अभिनित फिल्म ‘मारूनी’को रोमान्टिक गीत रिलिज भएको छ । अर्जुन पोखरेलद्वारा संगीतबद्ध ‘सक्दिन म बाँच्न’ बोलको गीत सार्वजनिक भएको हो ।

गीत सुरेश वाग्लेले लेखेका हुन् भने मेलिना राईको स्वर रहेको छ । अन्जली लामा र विक्रम खत्रीले गीतको कोरियोग्राफी गरेका छन् । नवल नेपाल निर्देशित फिल्म भदौ १६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति ३ श्रावण २०७६, शुक्रबार १४:०६
Loading...