नेपालमा आज कोरोनाका ५९३ जना संक्रमित थपिए : ४८ जना निको भए

काठमाडौं, असार १२
नेपालमा कोरोना कोरोना भाइरस (कोभिड–१९) करिब ६ सय जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शुक्रबार ५९३ जनामा संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा भएको जाँचबाट ५९३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

अब यससँगै नेपालमा कूल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । आज भेटिएका संक्रमितमध्ये १०७ महिला र ४८६ पुरुष रहेका छन् । यता, कूल संक्रमितमध्येमा १२ सय ४९ जना महिला र १० हजार ५ सय ६ पुरुष रहेका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म नेपालमा पिसिआर विधिबाट २ लाख ६ हजार २ सय ७१ जना र आरडिटी विधिबाट २ लाख ९० हजार ३ सय ४९ जनाको नमूना परीक्षण पूरा भएको छ । हालसम्म अहिलेसम्म क्वारेन्टिनमा ७१ हजार १२ जना छन् भने ९ हजार जनालाई आइसोलेसनमा उपचार गरिँदैछ ।

नेपालमा आज शुक्रबार मात्रै देशभरिबाट ४८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति १२ असार २०७७, शुक्रबार ११:०५
Loading...